पिएम कप पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पिएम कप पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पिएम कपको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंको टियु र मूलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।

समूह ‘ए’ मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश, प्रदेश १ रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल टियु क्रिकेट मैदानमा हुनेछ । पहिलो दिन नै मूलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?