काठमाडौं । ललितपुर ३ की स्वतन्त्र उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी कामय रहने भएको छ । उहाँको उम्मेदवारीविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्च अदालतले उहाँको उम्मेदवारी कायम रहने आदेश दिएको हो ।
उहाँको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले कार्कीको उम्मेदवारी निरन्तरता राख्न आदेश दिएको हो ।
यसअघि सर्वोच्चले कार्कीको उम्मेदवारी कायम राख्न अल्पकालीन आदेश दिएको थियो । उक्त आदेशविरुद्ध पनि आयोगले सर्वोच्चमा निवेदन दिएको थियो । तर, सर्वोच्चले डा कार्कीको उम्मेदवारी कायम राख्न आदेश दिएको हो ।
मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो ।
त्यसविरुद्ध आयोगले दिएको भ्याकेट निवेदन सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भएको हो । कार्कीको क्षेत्रमा सत्ता गठबन्धनकी पम्फा भुसाल र एमालेबाट अमृत खड्का पनि प्रतिस्पर्धामा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच