छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

झापाको कन्काई नगरपालिका-७ दुर्गापुरस्थित सडकमा को.१ ख ६७९४ नम्बरको बसले मे.७ प ५०९२ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-६ बस्ने ५२ वर्षीय नरेन्द्र मैनाली र मोटरसाइकलमा सवार उनकी श्रीमती ५० वर्षीया सीता देबी मैनाली छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।  बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको   छ ।

महोत्तरीको बर्दिबास नगरपालिका-१२ अकनटोलस्थित सडकमा ना.८ ख ५३३५ नम्बरको टिपरले ज.१२ प ३००६ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषा मिथिला नगरपालिका-८ बस्ने २१ वर्षीय बिजय कुमार महतो कोईरी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा हस्पिटल बर्दीवासमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको काव्या अस्पताल जनकपुरमा उपचार भइरहेको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

नवलपरासी९पश्चिम०को रामग्राम नगरपालिका-१० मंझरियास्थित सडकमा हाल नम्बर नखुलेको ट्रयाक्टरले लु.८३ प ३०८२ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पाल्पा तिनाउ गाउँपालिका-६ घर भएका ३७ वर्षीय सर बहादुर चिदी छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासी हुँदै भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई  जनालाई मेडिकल कलेज भैरहवा लगिएकोमा एक जना उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार  ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?