उदयपुर १ मा मतगणनालाई निरन्तरता दिन आयोगको निर्देशन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निर्वाचन आयोगले उदयपुर १ मा मतगणना कार्यलाई निरन्तरता दिन निर्देशन दिएको छ ।

आयोगले मतगणनापूर्व जे जस्तो सहमति भएको हो, सो सहमतिका आधारमा मतगणना कार्यलाई निरन्तरता दिन उदयपुर १ का मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई सोमबार निर्देशन दिएको हो ।

४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनाबारे उक्त कार्यालयलाई आयोगले ११ मंसिरमा पत्रमार्फत निर्देशन दिएको हो । आयोगले एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएको भनी सम्बन्धित मतदान अधिकृतले प्रतिवेदन दिएको भए आयोगको ४ र ५ मंसिरको आयोगको पत्रबमोजिम मतगणना कार्यलाई निरन्तरता दिन आयोगले निर्देशन दिएको छ ।

उदयपुर १ मा परराष्ट्रमन्त्री एवं कांग्रेस नेता डा. नारायण खड्का र एमालेकी मञ्जु चौधरीबीच कडा प्रतिस्पर्धा छ । एमालेले निर्वाचनमा धाँधली भएको भन्दै उजुरी हालेपछि शनिबारदेखि नै मतगणना रोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?