बोसको डिलर मिट

Read Time = 2 mins

काठमाडौं । जर्मन ब्राण्ड बोस पावर टुल्स एण्ड एक्सेसरिजले हालै काठमाडौंमा पहिलोपटक डिलर मिट आयोजना गरेको छ । बोस पावर टुल्स एण्ड एक्सेसरिज नेपालको एकमात्र आधिकारिक डिस्ट्रिब्युटर इन्फ्राटेक प्रालिले शनिबार डिलर मिट आयोजना गरेको हो ।

नेपालको पूर्वाधार विकास निर्माणका क्रियाकलापमा प्राथमिकतासहित टेवा पुर्‍याउनु डिलर मिटको उद्देश्य रहेको कम्पनीले जनाएको छ । डिलर मिटमा देशभरका विभिन्न स्थानबाट ५० भन्दा बढी डिलर सहभागी थिए ।

कार्यक्रममा इन्फ्राटेकका निर्देशक आकाश गोल्छा, बोसको सार्क मुलुकका व्यवसाय विकास निर्देशक स्वामी नाथान आर तथा बोस श्रीलंकाका कन्ट्री म्यानेजर अशोककुमार एनले बोसका सेवाबारेमा जानकारी गराउनुभएको थियो ।

नेपालमा ५० भन्दा बढी आउटलेमार्फत् बिक्री हुँदै आएको बोस पावर टुल्स, निर्माण तथा पावर टुल्स क्षेत्रका लागि उच्च गुणस्तरीय वस्तु र सेवा प्रदान गर्न प्रतिबद्ध रहँदै आएको छ । इन्फ्राटेकका निर्देशक सन्दिपकुमार शारडाले कार्यक्रमबाट डिलर र कम्पनीबीच सुमधुर सम्बन्ध थप सुदृढ हुने बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?