स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनकै धेरै

Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गर्नुभएको छ ।

पछिल्लो परिणामअनुसार बालेनले १५ हजार ७७५ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ८ हजार २५३ मत ल्याउनुभएको छ ।

त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी सृजना सिंहले ७ हजर ३४८ मत प्राप्त गर्नुभएको छ । अहिलेसम्म स्थापित र सिंहको मत परिणाम जोड्दा पनि बालेनको धेरै छ ।

शनिबार बिहान पौने दश बजेबाट मतगणना जारी छ । सुस्त गतिमा चलिरहेको मतगणनामा वडा नम्बर १ र २ को सकिएको छ भने अहिले ३,४,५,६,२९,३०,३१ र ३२ को मत गणना चलिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?