भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई

Read Time = 2 mins

काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने बताउनु भएको छ ।

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९र८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथिको छलफलमा सहभागी हुँदै उहाँले भारतसँग भइरहेको नेपालको असमान व्यापार सम्बन्ध सच्याउनुपर्नेमा जोड दिनुभयो ।

चीनसँग भन्दा भारतबाटै नेपालले सामान आयात निर्यात गर्नुपर्ने अवस्था रहेको भन्दै उहाँले यसका लागि भारतसँगको असमान सम्बन्ध सच्याउनुपर्नेमा जोड दिनुभयो । भौगोलिक हिसाबले चीनबाट सामान आयात र निर्यात गर्दा वस्तुको मूल्य बढ्ने भन्दै उहाँले भारतबाटै सामान आयात निर्यात गर्नुपर्ने बताउनु भयो । यद्यपि, उत्तरी नाका पनि खोल्नुपर्ने उहाँको भनाइ छ ।

भारतको चासो यसबारे जानकारी लिएर उहाँले अर्थनीति बनाउनुपर्नेमा बताउनु भयो । तर, नीति बनाउँदा आफ्नै देशको हितलाई नै केन्द्रमा राख्नुपर्ने बताएका उहाँले राष्ट्रहितका विषयमा छलफल गर्नुपर्ने उल्लेख गर्नुभयो । स्वास्थ्य र शिक्षालाई निजीकरण नगरी राज्यले आफ्नो दायित्वमा राख्नुपर्ने भट्टराईले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?