मेटलाइफको वाकाथान

Read Time = 1 min

काठमाडौं । मेटलाइफ नेपालले आफ्नो २१औँ वार्षिकोत्सवका अवसरमा ललितपुरमा बीमा सचेतना वाकाथन आयोजना गरेको छ । शनिबार भएको ४.५ किलोमिटरको वाकाथनमा मेटलाइफका तीन सयभन्दा बढी कर्मचारीको सहभागिता थियो । वाकाथनको मुख्य उद्देश्य सुरक्षित भविष्यका लागि समाजमा बीमा सचेतना फैलाउनु रहेको कम्पनीले जनाएको छ ।

मेटलाइफका सञ्चालन प्रमुख देवकिशोर लालले देशको ६० प्रतिशतभन्दा बढी जनसंख्या बीमाको दायरामा नआएकाले बीमाबारे जानकारी प्रदान गर्नु आवश्यक रहेको बताउनुभयो । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले विश्वकै अग्रणी बीमा कम्पनीमध्ये एक मेटलाइफले विश्वभरका लाखौँ ग्राहकको भविष्य सुरक्षित राखेर विश्वस्त भएर जिउन मद्दत गर्दै आएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?