सुर्खेत । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या एकै गाउँका ७ जनासहित ११ पुगेको छ ।
कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा उनीहरुको मृत्यु भएको हो ।
छेडागाड -५ दिपक अधिकारी, छेडागाड-५ नैनसरा अधिकारी, छेडागाड-५ जैकुवरा बुढा, छेडागाड-५ रामबहादुर बुढा, छेडागाड-६ वीर बहादुर खत्री, भगवती-२, दैलेख अमर खड्का, भगवती-२, दैलेख मान बहादुर रावत, भगवती-२, दैलेख बिरेन्द्र केसी, छेडागाड-५ देवीसरा बुढा, छेडागाड-५ अमर अधिकारी र छेडागाड-५ निषा अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
छेडागाड-५ की जैभान अधिकारी गम्भिर घाइते भएका छन् । चार जना मात्र क्षमता भएको उक्त बोलेरो गाडीमा १२ जना सवार रहेका थिए ।
-हेमन्त केसी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच