✍️ ओम आचार्य
मैले नेपाली कांग्रेसलाई गम्भीरतापूर्वक लिएको छु र मेरो हमेसा यो प्रयत्न रहन्छ कि मैले नेपाली कांग्रेसलाई अझ हृष्टपुष्ट बनाऊँ । महामानव बीपी कोइरालाले एक राजनीतिक धरातल दिएर जानुभएको छ । यही धरातलमा रहेर आज नेपाली कांग्रेस यहाँसम्म आइपुगेको छ । भगवान बराहले पनि धरातल प्रदान गर्नु भएको थियो, पृथिवी प्रदान गर्नु भएको थियो र संकटको समयमा पृथ्वीको रक्षा गर्नुभएको थियो । अहिले हामीलाई बीपी कोइरालाले जुन राजनीतिक धरातल प्रदान गर्नुभएको छ त्यसको रक्षा गर्दै नेपाली कांग्रेसलाई बचाउनु हाम्रो परम दायित्व हो । बीपीले प्रदान गर्नु भएको राजनीतिक धरातलमा रहेर नेपाली कांग्रेस हुर्किरहेको छ ।
यसमा धेरै नवआगन्तुकहरूलाई फूलमाला र अबिरले हामीले पार्टी प्रवेश गराउँदै नेपाली कांग्रेसमा शिक्षित र दीक्षित गराउँदै छौँ कति नेपाली कांग्रेसको विचार सिद्धान्तको प्रकाश पार्दै सभा, गोष्ठी, सेमिनार गर्दै आएका छौँ । र, मानिसहरूको राजनीतिक जिज्ञासा लोकतन्त्र समाजवाद मानव अधिकार विचार र अभिव्यक्तिको स्वतन्त्रता इत्यादि हामीले निदान गर्दै आएका छौँ । मानिसहरूलाई राजनीतिक जीवन यात्रामा हिँड्न अग्रसर गराउँदै लोकतन्त्र र समाजवाद नै राजनीतिक जीवनको अकाट्य हिस्सा हो भन्ने ज्ञान गराउँदै त्यसलाई जनमानससम्म पुर्याउँदै आएका छौँ ।
कांग्रेसमा बीपीले प्रदान गर्नुभएको राजनीतिक धरातलमा मूलतः दुई किसिमका कांग्रेस छन् एउटा कांग्रेसमा दीक्षित मनमष्तिष्कले नै प्रेरित भएर राजनीतिलाई समाज सेवा मानेर यसैलाई कर्म मानेर हिँडने र अर्को कांग्रेसका अनुयायी ।
हामीलाई राजनीतिक धरातल प्रदान गर्ने बीपी कोइराला र उहाँलाई साथ दिने शीर्षनेताहरूले देशभरि भ्रमण गर्दै कति राजनीतिक सभा सम्मेलन सम्पन्न गर्नुभयो । सयौं हजारौं किलोमिटरको राजनीतिक यात्रा सम्पन्न गर्नुभयो । देशका सबै कुनामा जानुभयो । जहाँ जहाँ जानुभयो त्यहाँका मानिसहरू स्वफूर्त पार्टी प्रवेश गरे र नेपाली कांग्रेसमा शिक्षित र दीक्षित हुँदैगए । त्यतिखेर बीपी कालीन समयमा पार्टी प्रवेश गरी कांग्रेसमा दीक्षित भएका भौतिकवादी मानिसहरू थिए र भौतिकवादी मानिसहरू जे गर्थे ती सबै तिनीहरू गर्थे ।
तर, कालान्तरमा ती मानिसहरूमा अदभूत परिवर्तन आयो र सदाका लागि ती सबै छोडे । अत्यधिक भौतिकवादी हुनु राजनीतिमा एक भयंकर दोष हो तर सन्तुलित भौतिकवादी हुनु राम्रो कुरा हो । सबै नैतिकता, संवेदनशीलता, सबै नियम धर्म, नातासम्बन्ध दाउमा राखेर सिर्फ अति भोग अपनाउनु समस्त समस्या, संकट, शोषण, समस्त भ्रष्टाचार एवं सम्पूर्ण विनासको कारण हो । यस्तो प्रवृत्ति यस्तो सोचले सबै राजनीतिक धरातल जीवनको सबै आयामहरूको सिर्फ पतनको कारण मात्रै हुन्छ । यही भएर बीपी कोइरालाले प्रदान गर्नुभएको राजनीतिक धरातलमा रहेर हामीले नेपाली कांग्रेसलाई अगाडि बढाउन नै बीपी कोइरालाले प्रेरित गर्नु भएको हो ।
नेपाली कांग्रेसमा बीपीले प्रदान गर्नुभएको राजनीतिक धरातलमा मूलतः दुई किसिमका कांग्रेस छन् एउटा कांग्रेसमा दीक्षित मनमष्तिष्कले नै प्रेरित भएर राजनीतिलाई समाज सेवा मानेर यसैलाई कर्म मानेर हिँड्ने र अर्को कांग्रेसका अनुयायी । अनुयायी त्यस्ता हुन्छन् जो नेताले जे भन्यो त्यो ठीक भन्ने, हजुर एकदम ठीक भन्नुहुन्छ, म हजुरको मान्छे, हजुरको सबै कुरा मान्छु तर राजनीतिक बाटोमा हिँड्ने मेरो समय आएको छैन मैले धेरै काम गर्नुछ, अनुयायी भन्छ राजनीतिक धरातलमा रहेर काम गर्दा के फाइदा हुन्छ अनुयायी फाइदा र नोक्सान हेरेर काम गर्छ ।
एउटा व्यापारी जस्तो तर शिष्य फाइदा र नोक्सान हेर्दैन ऊ निष्ठा र विश्वासले राजनीतिक कर्म गर्दै जान्छ बीपीले प्रदान गरेको राजनीतिक धरातलमा रहेर त्यो धरातललाई अरू मजबुत अरू शक्तिशाली र बलियो बनाउँदै जान्छ । अहिले नेपाली कांग्रेसमा अनुयायीहरूको झुण्ड झुण्ड छ । यिनीहरू नाफा–नोक्सानको हिसाब गरेर व्यक्तिगत लाभमा छन् । यी अनुयायीहरू नेताले जे ग¥यो ठीक, हजुरबाट कहिले गल्ती हुँदैन भनेर जी-हजुरी गर्ने हुन्छन् । यस्ता अनुयायीहरूको झुण्डका कारण बीपीले प्रदान गरेको धरातल डुब्ने र धमिराले मक्किएको अवस्थामा पुगेको छ ।
कहिलेकहीँ त्यो धरातलमा रहेर शिक्षित र दीक्षित भएकाहरू पनि अनुयायीहरूको झुण्डमा परेर तिनीहरू पनि अनुयायीमा रूपान्तरित हुन थालेका छन् । नेपाली कांग्रेसमा वामपन्थीहरूसँग चुनावी गठबन्धन गर्नु पनि बीपीले प्रदान गरेको धरातलविरुद्ध थियो । आफ्ना आसेपासे जो राजनीतिक कर्म नै गर्दैनन् । व्यापारी जस्तो नाफा नोक्सान हेर्ने अनुयायीहरूलाई प्रत्यक्ष र समानुपातिकमा राख्नु राजनीतिक धरातलविरुद्ध नै थियो ।
कानुनी राज्य, सुशासन, लोकतन्त्र, समाजवाद, मानवाधिकार, विचार र अभिव्यक्तिको स्वतन्त्रता, मौलिक हक अधिकारको पृष्ठभूमि भएको त्यो राजनीतिक धरातललाई बिर्सेर अहिले नेपाली कांग्रेस बीपीले प्रदान गरेको राजनीतिक धरातलको शिक्षित र दीक्षित शिष्य होइन एउटा अनुयायीको रूपमा काम गर्दै गरेको छ ।
कानुनी राज्य र सुशासन, लोकतन्त्र र समाजवाद, मानवाधिकार, विचार, अभिव्यक्तिको स्वतन्त्रता, मौलिक हक अधिकारको पृष्ठभूमि भएको त्यो राजनीतिक धरातललाई बिर्सेर अहिले नेपाली कांग्रेस बीपीले प्रदान गरेको राजनीतिक धरातलको शिक्षित र दीक्षित शिष्य होइन एउटा अनुयायीको रूपमा काम गर्दै गरेको छ । अनुनायी नाफा र नोक्सानमा आफ्नो ध्यान केन्द्रित गर्छ । त्यसैको उदाहरण हो अहिलेको मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश । यो अध्यादेश कथंकदाचित पारित भए सरकारलाई राजनीतिक मुद्दाको नाममा व्यक्ति हत्या, आगजनी, बिस्फोट, राष्ट्रविखण्डन, लुटपाट, अपहरण इत्यादिको उन्मुक्ति मिल्छ ।
के अहिले नेपालमा रहेका अझ सत्तागठबन्धनका पार्टीहरूको राजनीतिक धरातल यही हो ? नेपाली कांग्रेसको त राजनीतिक धरातल त पक्कै नहुन सक्छ । झापाको वर्ग हत्या, माओवादीको सशस्त्र विद्रोह, नेपाली कांग्रेसको विमान अपहरण पनि यस्तै राष्ट्रविरुद्ध, समाजविरुद्धको विप्लव थियो । यी राजनीतिक दलमा रहेका व्यक्तिहरूले पनि उन्मुक्ति पाए । त्यो पनि राजनीतिक मुद्दा नै थियो र अहिले वर्तमान मन्त्रिपरिषद्बाट पेश भएको अध्यादेश पनि यस्तै प्रकृतिका राजनीतिक दलका व्यक्तिहरूलाई उन्मुक्ति दिने सरकारको सोच हो ।
तर, यस्तो कहिलेसम्म संसारमा देशको मौजुदा राजनीतिक प्रणाली संविधानमा असहमति जनाउने राजनीतिक दल हुन्छ नै र यी राजनीतिक दलबाट यस्तो विप्लव, आन्दोलन यस्तो विखण्डन यस्तो लुटपाट हत्या आगजनी अपहरण राजनीतिमा निरन्तर हुने गर्छ । के ती भविष्यमा पनि निर्माण हुने सरकारले सबैलाई उन्मुक्ति दिँदैजाने के यसले कानुनी राज्य र सुशासनको रक्षा गर्छ ? बीपीले प्रदान गरेको राजनीतिक धरातलमा रहेर सरकारको नेतृत्व गर्न पाएको नेपाली कांग्रेस अब अनुनायीहरूको झुण्ड बन्न थालेको प्रतीत हुन्छ । ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच