नेपालले दियो ९८ रनको लक्ष्य

Read Time = 2 mins

काठमाडौ । महिला ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा नेपालले युगान्डासामु ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण १८ ओभरमा घटाइएको खेलमा टस जितेर पहिला ब्याटिङमा आएको नेपालले १७।५ ओभरमा सबै विकेट गुमाएर ९७ रनको योगफल तयार गर्‍यो ।

यसअघि ओसिलो मैदानकै कारण खेल टस निर्धारित समयमा हुन सकेको थिएन । नेपालकी ओपनर ज्योति पाण्डेले सर्वाधिक १७ रनको योगदान गरिन् । उनले १३ बल खेल्दै ४ चौका प्रहार गरिन् । यस्तै, अर्की ओपनर विन्दु रावलले १६ रन जोडिन् । यसबाहेक सीता राना मगर ११ रन जोडेर पभेलियन फर्किइन् भने अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

युगान्डाकी कप्तान कोन्की अवेकोले सर्वाधिक तीन विकेट लिइन् । उनले चार ओभरमा १३ रन खर्चिइन् । यस्तै, साराह अकिटेङले दुई तथा जानेत बाबाजीले एक विकेट लिइन् ।

पाँच खेलको शृंखलामा लगातार तीन खेमा हार बेहोरेको नेपालले शृंखला गुमाइसकेको छ । नेपाल पहिलो खेलमा १२ रनले, दोस्रो खेलमा एक विकेटले र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?