जुम्ला । जुम्लामा लागुऔषध (ब्राउन सुगर)सहित शनिबार जिल्ला प्रहरी कार्यालय जुम्लाले दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले तातोपानी गाउँपालिका-८ घर भई हाल चन्दननाथ नगरपालिका-६ बसपार्कमा डेरा लिइ बस्ने अन्दाजी २० बर्षका रोशन शाही र चन्दननाथ नगरपालिका-६ बस्ने अन्दाजी २० बर्षका प्रविन रावललाई बिहान १०ः३० बजे गोप्य सूचनाको आधारमा पक्राउ गरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक धर्मराज जोशीले जानकारी दिनुभयो ।
दुवै जनालाई सँगै हिँडिरहेको अवस्थामा खानतलासी गर्दा रोशन शाहीले लगाएको कालो रंगको ट्राउजरको बायाँ खल्तीमा प्लाष्टिको सानो टुक्रा दुई पुरिया बनाइराखेको ११ मि.लि.ग्राम ब्राउन सुगर फेला पारिएको प्रहरी निरिक्षक जोशीले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवैलाई जिल्ला अदालत जुम्लाबाट पहिलो पटक म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । पछिल्लो समय जिल्लामा ब्राउन सुगरलगायतका लागु औषधका घटनाक्रम बढिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच