निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्बन्धित सरोकारवाला सबैलाई धन्यवाद : प्रमुख निर्वाचन आयुक्त थपलिया

फाईल तस्बिर

Read Time = 2 mins

काठमाडौं । निर्वाचन आयोगले प्रदेश १ प्रमुख परशुराम खापुङ्गलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश प्रमुख खापुङ्गलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाउनुभएको हो । प्रदेश प्रमुखलाई निर्वाचन परिणाम बुझाइसकेपछि प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा सम्बन्धित सरोकारवाला निकायहरुलाई धन्यवाद दिनुभयो ।

उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत वातावरणमा सम्पन्न गर्न सहयोग गर्नेहरुप्रति आयोगको तर्फबाट शुभेक्षा प्रकट गर्नुभयो । उहाँले प्रदेश १ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ पुरुष ६ र महिला ३१ जना गरी कुल ३७ जना निर्वाचित हुनुभएको बताउनु भयो । प्रदेश १ मा कुल ९३ जना सदस्यहरु रहेका छन् ।

त्यस्तै प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभासँग कानूनबमोजिम अबका काम अघि बढाउने बताउनु भयो । उहाँले संविधानले तोकेको मिति र दायराभित्र रहेर प्रदेश सभालाई अघि बढाउने र प्रदेश सरकार गठन गराउने प्रतिवद्धता जनाउनु भयो ।

गत मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनको मत परिणाम आज (शनिवार) एकैसाथ प्रदेश प्रमुखहरुलाई बुझाइएको हो । प्रदेश प्रमुखसमक्ष निर्वाचन आयोगले प्रदेशको अन्तिम चुनावी प्रतिवेदन बुझाएसँगै प्रदेशसभा बैठक बोलाउने तयारीको लागि अब बाटो खुलेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?