काठमाडौं । अंग्रेजी नयाँ वर्षका अवसरमा काठमाडौंको ठमेलमा सडक महोत्सव आयोजना हुने भएको छ । पर्यटन प्रवद्र्र्धनको उद्देश्यसहित शनिबार साँझ सडक महोत्सव सुरु हुने ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ । सो अवसरमा नेपाली मौलिक कला, विशिष्ट व्यक्तित्वबाट शुभकामना सन्देशका साथै सांगीतिक कार्यक्रम हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
आयोजकका अनुसार सन् २०२२ लाई बिदा गरी सन् २०२३ लाई स्वागत गरेर राती साढे १२ बजे कार्यक्रम समापन हुनेछ । न्यु इयर इभमा ठमेलका सबै व्यवसायीले वस्तु तथा सेवाको प्रवद्र्धन गर्नेछन् । न्यु इयर इभ सडक महोत्सव कार्यक्रमका लागि काठमाडौं महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम, वरुण वेभरेजलगायतले सहकार्य गरेका छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुने कार्यक्रम व्यवस्थापनका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने परिषद्का अध्यक्ष भविश्वर शर्माले बताउनुभयो । सडक महोत्सव कार्यक्रमले समग्र ठमेल क्षेत्रको पर्यटन प्रवद्र्धन हुने आयोजकको अपेक्षा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच