शारीरिक सुगठन पदक विजेतालाई राखेपको बधाई

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले १३औँ विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई बधाई दिनुभएको छ । सदस्य-सचिव घिसिङले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भेट गरी सफलताका लागि बधाई दिँदै अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपाली खेलाडीले राष्ट्रलाई निरन्तर पदक दिलाएकोमा खेलाडीको प्रशंसा गर्नुभयो ।

थाइल्याण्डको फुकेटमा मंसिर १९ देखि २६ गतेसम्म भएको प्रतियोगिताको महिला मोडेल फिजिक्स १ सय ६० सेन्टिमिटरमा श्वेता कपालीले रजत जित्नुभएको थियो । श्वेताको स्पर्धामा १० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विभिन्न आठ राष्ट्रका नौ खेलाडी सहभागी पुरुष ६५ केजीमा प्रज्ज्वलमान शाक्यले कास्य जित्नुभयो । दुवै नवौँ राष्ट्रिय खेलकुदका स्वर्ण विजेता बन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?