जिल्ला समन्वय समिति मुगुमा कांग्रेसको एकल बहुमत

Read Time = 2 mins

मुगु । जिल्ला समन्वय समिति गठनका लागि मुगुमा कांग्रेसको एकल बहुमत आएको छ । जिल्लामा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले दुई प्रमुख र तीन उपप्रमुखसहित पाँच प्रमुख उपप्रमुख जितेसँगै अब गठन हुने जिल्ला समन्वaय समितिका लागि मतदान गर्न बहुमत पुगेको हो ।

स्थानीय तह प्रमुख र उपप्रमुखको मतदानबाट गठन हुने जिल्ला समन्वय समितिका लागि मुगुका चार स्थानीय तहहरूबाट चार प्रमुख र चार उपप्रमुखले मतदान गर्न पाउँछन् । कांग्रेसले छायाँनाथ रारा नगरपालिकामा नगरप्रमुख र उपप्रमुख, खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा उपाध्यक्ष र मुगुम कार्मारोङ्ग गाउँपालिकामा अध्यक्ष जित हासिल गरेको छ ।

अन्य दलहरूमा माओवादी केन्द्रले खत्याड गाउँपालिका अध्यक्ष,नेकपा समाजवादीले सोरु गाउँपालिका अध्यक्ष र एमालेले मुगुम कार्मारोङ्ग गाउँपालिकामा उपाध्यक्ष जितेको छ । अन्य दलहरूका एक एक मतदाता हुँदै गर्दा कांग्रेसका एक्लै पाँच मतदाता भएका जिससमा कांग्रेसको एक्लै बहुमत आउने देखिएको हो । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यका लागि उम्मेदवार हुन पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरूले पाउँछन् भने मतदान गर्न पालिका प्रमुख र उपप्रमुखले मात्र पाउने कानुनी व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?