अफगानिस्तानको विदेश मन्त्रालय बाहिर भयंकर आत्मघाती विष्फोट

प्रतिकात्मक तस्वीर

Read Time = 1 min

काबुल । अफगानिस्तानको विदेश मन्त्रालय बाहिर भयंकर आत्मघाती विष्फोट गराइएको छ । विष्फोटबाट कम्तिमा पाँच जनाको ज्यान गएको पुष्टि भएको छ भने ४० जना भन्दा धेरै घाइते भएका छन् । तर, घटनामा २० जना भन्दा धेरै मारिएको र पाँच दर्जन घाइते भएको काबुलका प्रहरी अधिकारीहरुले बताएका छन् ।

अस्पतालहरूले राति अबेरसम्म घाइतेहरू ल्याउने क्रम जारी रहेको भन्दै हताहतीको संख्या यकित गर्न समय लाग्ने बताएका छन् ।
आत्मघाती विष्फोट गराउन गएको ब्यक्ति मन्त्रालय भित्रै प्रवेश गर्न खोजेको र नपाएपछि मन्त्रालयको गेटमा विष्फोट गराएको प्रहरी अधिकारीहरूले बताएका छन् ।

विष्फोट भएको समयमा मन्त्रालयभित्र चिनियाँ प्रतिनिधि मण्डल रहेको थियो र दुई पक्षीय वार्ताको तयारी भईरहेको थियो ।
अफगानिस्तानमा सक्रिय ईस्लामिक स्टेट खोरासानले विष्फोटको जिम्मा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?