रुपन्देही । लुम्बिनी प्रदेशसभाको सभामुखमा माओवादीका तुलाराम घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ भने उपसभामुखमा ३ जनाको उम्मेदवारी परेको छ ।
सत्तारुढ दलबाट सभामुख र उपसभामुखमा मनोनयन दर्ता भएपछि नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले पनि उपसभामुख पदमा आआफ्नो मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ को १ बाट निर्वाचित विश्वप्रेम पाठकको उपसभामुखमा मनोनयन दर्ता भएको छ । सत्तारुढ दलबाट उपसभामुखमा राप्राकी मेनुका खाँण केसीको मनोनयन दर्ता भएको छ ।
यस्तै उपसभामुखमा नागरिक उन्मुक्ति पार्टीकी रुपन्देही जिल्ला निवासी निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको छ । प्रस्तावकमा प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्म चौधरी रहनुभएको छ।
८७ सदस्यीय प्रदेश सभामा सत्तारुढ गठबन्धनको समर्थनमा ५८ सांसदहरुको समर्थन रहेको छ ।नेकपा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४–४, जसपा, जनमत र लोसपाका ३–३ जना तथा दुई स्वतन्त्र सांसदहरुले सरकारलाई समर्थन गरेका छन् । प्रदेश सभामा २७ सांसद रहेको नेपाली कांग्रेस, १ सांसद रहेको नेकपा एस र जनमोर्चा गरी २९ जना मात्रै विपक्षमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच