काठमाडौं । समृद्धि फाइनान्सले आइतबार इटहरीमा न्यानो लुगा वितरण गरेको छ । कम्पनीले इटहरी ८ मा रहेको ॐ श्री पिपलबोटे खुला विद्यालयका एक शिक्षक र २५ विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको जनाएको छ । इटहरीका शाखा प्रमुख जनक पोखरेल र इटहरी ६ का वडाध्यक्ष दिवस पोखरेलको उपस्थितिमा ज्याकेट वितरण गरिएको कम्पनीका व्यवसाय प्रवद्र्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी दिनुभएको छ ।
करिब २५ वर्षदेखि न्यून आयस्रोत भएका परिवारका बालबालिकालाई एकदेखि दुई घण्टासम्म खोला किनारमा पिपलको बोटमुनि त्रिपाल तथा म्याट ओछ्याएर एक शिक्षकचन्द्र भण्डारीले पढाउँदै आएको विद्यालय हो ॐ श्री पिपलबोटे खुला विद्यालय । हाल सो विद्यालयमा कक्षा एकदेखि सातसम्मका २५ जना विद्यार्थी अध्ययन गर्छन् ।
कम्पनीले गत महिना बनेपा ६ स्थित चैतन्य माध्यमिक विद्यालयका २६ जना विद्यार्थीलाई पनि न्यानो लुगा वितरण गरेको थियो भने जनकपुरस्थित जानकी वृद्धाश्रममा २० जना वृद्धवृद्धालाई कम्बल वितरण गरेको थियो ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र