स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री डा. कार्कीद्वारा पदभारग्रहण

Read Time = 2 mins

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र राज्यमन्त्री डा. तोसिमा कार्कीले पदभारग्रहण गर्नुभएको छ । मंगलबार भएको मन्त्री परिषद् विस्तारमा नेकपा एमालेका गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. कार्कीले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको हो ।

राष्ट्रपति निवासमा सपथग्रहणपछि उहाँहरू पदभारग्रहणका लागि मन्त्रालय पुग्नुभएको थियो ।

विसं २०३३ मा पर्वतको दुर्लुङमा जन्मिएका गिरीले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । विसं २०४७ मा अखिल पाँचौँमा सङ्गठित गिरी पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन सदस्य, उपसभापति हुँदै सभापति बन्नु भएको थियो ।

विसं २०७२ मा आठौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएका गिरी २०७५ मा गण्डकी प्रदेश कमिटी सदस्य बन्नुभएको थियो ।

यसैगरी चिकित्सा क्षेत्र सुधारको अभियन्ताको परिचय बनाएकी डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको छ ।
४ मंसिरको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएकी कार्कीले तत्कालिन ऊर्जा मन्त्री रहनुभएकी नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाललाई उहाँले पराजित गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?