काठमाडौं । विगत केही दिनदेखि सेयर बजारले निरन्तरता पाएको छ । बुधबार पनि नेप्से ५.१७ अंकले बढेको छ । यस दिन दुर्ई सय ८८ कम्पनीका ३१ लाख ५७ हजार ६२ कित्ता सेयर ३० हजार ७८ करोड २७ लाख ४३ हजार दुर्ई सय ६४ रुपैयाँमा कारोबार भएको छ ।
विकास बैंक समूह ०.३८, होटल तथा पर्यटन समूह ०.६४, लगानी समूह ०.४३ र निर्जीवन बिमा समूह ०.२३ प्रतिशतले घटेको छ भने अन्य सबै समूहको सूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह १.१६ र अन्य समूह ०.७३ प्रतिशतले बढेको छ ।
बैंकिङ ०.३५, वित्त ०.३३, जलविद्युत् ०.६५, जीवन बिमा ०.५१ र लघुवित्त समूह ०.२४ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.०७ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सबैभन्दा बढी ६.३८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सोनापुर सिमेन्टको सबैभन्दा धेरै पाँच करोड ६१ लाख ४१ हजार नौ सय ८४ रुपैयाँ बराबरको कारोबार भएको छ भने कारोबार संख्याका आधारमा सबैभन्दा धेरै हिमालयन बैंकको प्रमोटर सेयर चार लाख २० हजार तीन सय चार कित्ता कारोबार भएको नेप्सेले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच