पोखरामा ट्रोपिकाना स्लाइसमा अखाद्य वस्तु फेला

हिमालय टाइम्स
Read Time = 2 mins

पाेखरा । कास्कीको पोखरास्थित वडा नम्बर ८ को पुरानो घर आँगन रेष्टुरेण्ट एण्ड कटेज झिर हाउसमा ट्रोपिकाना स्लाइसमा अखाद्य वस्तु फेला परेको छ ।

आईतवार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले निरीक्षण एवं अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेको जनाएको हो । खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरले स्लासमा अखाद्य पदार्थ फेला परेको गुनासो पछि निरीक्षण गर्दा आँखाले देखिने रुपमा नै वाह्य पदार्थ देखिएको र त्यही अनुसार मुचुल्का तयार गरेको बताउनु भयो ।

उहाँले सरकारले अनिवार्य न्युनतम मापदण्ड तोकेको र त्यो मापदण्डअनुसार स्लाइस न्युन गुणस्तरको रहेको बताउनु भयो । त्यस्तै निमित्त कार्यालय प्रमुख शिवजी बरालले निरीक्षण गरी रिपाेर्ट पठाएको र खाद्य अनुसार आकर्षण भए कारबाही हुने बताउनु भयो । निरीक्षणका कारण गुनासोहरु बढीरहेको बताउनु भयो । बिक्रेतासँग बयान लिएर र निरीक्षण गरी कारबाही हुने बताउनु भयो ।

त्यस्तै होटल मालिक प्रमोद मरासिनीले पानीले पखाल्ने क्रममा भेटिएको बताउनु भयो । उहाँले किनेर ल्याएको ठाउँले ठूलो विषय नबनाउन आग्रह गरेको उहाँले बताउनु भयो ।

विज्ञहरुले कतिपय अवस्थामा पूरा नखोलिकन अखाद्य पदार्थ नदेखिने हुँदा सबै नागरिकले जुसहरु खाँदा खोलेर अर्को भाँडामा हालेर पिउन सुझाव दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?