मन्त्रिपरिषद् बैठक : पेट्रोलियम अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण गरिने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

सरकारले नागमती बाँध आयोजनाको कार्य अघि बढाउन गोकर्णेश्वर नगपालिकाको वडा नम्बर १ मा रहेको १४ रोपनी जग्गा प्राप्तिका लागि पनि स्वीकृति दिने निर्णय गरेको छ ।

यस्तै, मन्त्रिपरिषद्को बैठकको भारतमा आयोजना हुने नेपाल भारत विद्युत् सम्झौता संयुक्त कार्य सञ्चालक समितिको १०औँ बैठकमा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डललाई जान स्वीकृति दिने निर्णय गरेको छ ।

प्रवक्ता शर्माले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) व्यावासायिक वातारणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भएको पनि जानकारी गराउनुभयो । त्यस्तै, फागुन १ गतेदेखि ५ गतेसम्म हुने भारत भ्रमणका लागि रक्षामन्त्रीलाई जान स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री शर्माले बताउनुभयो ।

प्रवक्ता शर्माका अनुसार सरकारले सफा हिमाल अभियान २०२३ मा खटिने नेपाली सेनाका सदस्यलाई हिमाल आरोहण गर्दा लाग्ने दस्तुरलाई छुट गर्ने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत १२ औं तहका डा. दीपेन्द्ररमण सिंहलाई फागुन २९ देखि चैत्र २ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने फेसटुफेस मिटिङमा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

त्यसैगरी, सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्करलाई संघीय मामिला मन्त्रालयमा र संघीय मामिला मन्त्रालयका सचिवलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत सरुवा गर्ने निर्णय गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?