काठमाडौं । राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।
सिंहदरवारस्थित मन्त्रालयमा सोमबार दिउँसो उप्रधानमन्त्री लिङ्देन र विदेश सचिव क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो
उहाँका अनुसार भेटमा ऊर्जा क्षेत्रको विकासलगायत द्विपक्षीय हित र चासोका छलफल भएको छ ।
यसअघि मंगलबार बिहान विदेश सचिव क्वात्राले एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग कोटेश्वरमा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच