काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ८ दलीय गठबन्धनको सयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनलागि चुनावी कार्यदल बनाएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार साँझ बसेको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने कार्य दल बनाएको हो ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहनु भएको छ ।
यसैगरी जनमत पार्टीबाट अब्दुल खाँ लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी कार्यदलमा रहनु भएको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रि समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता सहभागी हुनुहुन्थ्यो ।
बैठकमा नेकपा एमालेले राष्ट्रपतिको निर्वाचनमा सहयोग माग्दै पत्र पठाएको देखि अन्य समसमायिक राजनीतिक बिषयमा कुराकानी भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच