काठमाडौं । सन् २०२६ को फिफा विश्वकप फुटबलमा ४८ राष्ट्रलेले सहभागिता जनाउने भएका छन् ।
फिफा काउन्सिलको गएराती बसेको बैठकको निर्णयअनुसार विश्वकप खेल्ने १६ राष्ट्रको संख्या बढाउँदै ४८ पुर्याउने निर्णय गरेको हो, जसअनुसार २०२६ को विश्वकपमा अब ४८ राष्ट्र सहभागी हुनेछन । यसअघि विश्वकपमा ३२ राष्ट्रकाे सहभागिता हुँदै आएको थियो ।
रुवान्डामा आयोजना भएको फिफा काउन्सिलको बैठकले गएराति अनुमोदन गरेको नयाँ ढाँचाअनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ। जसअनुसार हरेक समूहमा ४ टोली हुने छन् भने समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।
यस्तै तेस्रो हुने उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने छन् । जसअनुसार २०२६ को विश्वकपमा अब कुल १०४ खेल हुनेछ ।
२०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच