Date:2017/12/17 |Sunday

आर्मीका खगेन्द्रलाई लिगलिगे दौडको उपाधि

Posted on: September 25, 2017 | views: 94 |

हिमालय टाइम्स

काठमाडौं । नेपाली सेनाका खगेन्द्र बहादुर भाटले आठौं संस्करणको ऐतिहासिक लिगलिगे दौडको उपाधि जितेका छन् । 

वि.स. २०६७ बाट हरेक वर्ष आयोजना हुदै आएको लिगलिगे दौडमा यसपटक आर्मीका खगेन्द्र सिंह भाटले निर्धारित १३.८ किलोमिटर दूरी १ घण्टा २ मिनेटमा पुरा गर्दै उपाधि जितेका हुन् । उपाधिसँगै खगेन्द्रले नगद ५० हजार ५ सय ५ रुपैयासहित श्रीपेच प्राप्त गरे । उनलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले श्रीपेच पहि¥याइदिए ।

ऐतिहासिक महत्व बोकेको लिगलिग दौड वि.स.स १६०४ बाट शुरु भएको मानिन्छ । लिग लिग दौड तत्कालीन समयमा हरेक वर्ष लिग लिग कोटको राजा छान्ने अभिप्रायले गरिने इतिहास छ । विसं. १६०४ बाट सुरु भएको अनुमान गरिएको यस दौडको विजेताले लिगलिगमा राजा भएर एक वर्ष शासन चलाउने परम्परा रहेको थियो । तर, लमजुङका द्रव्य शाह लिगलिग दौड जितेर राजा बनेपछि उक्त परम्पराको अन्त्य भएको थियो । शाहवंशीय राजाको उदय त्यहाँबाट भएको भन्ने विश्वास छ । त्यसैको सम्झनास्वरूप लिग लिगकोट बिकास अभियानले वि.स. २०६७ बाट पुनः लिगलिग दौडको आयोजना गर्न थालेको थियो । 

आर्मीकै रामजी बस्नेतले १ घण्टा ३ मिनेट २१ सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो भए । आर्मीकै कृष्ण बसनेत १ घण्टा ५ मिनेट २८ सेकेण्डका साथ तेस्रो भए । दोस्रो भएकाले ३० हजार ३ सय ५, तेस्रोले २० हजार २ सय ५ प्राप्त गरे । जुम्लाका नरेश बुढा, काठमाडौंका सुमन कुलुङ, अमिर सिंह, सञ्जीव विक र धर्म महर्जन क्रमशः चौथो देखि आठौं स्थानसम्म आए । उनिहरुले क्रमशः १० हजार १ सय ५, ५ हजार ५, ४ हजार ५, ३ हजार ५ र २ हजार ५ प्राप्त गरे । 

यस्तै समावेशी महिलातर्फ सन्तोषी श्रेष्ठले उपाधि जितिन् । उनले निर्धारित ५ किलोमिटर दुरी ३९ मिनेट ४८ सेकेण्डमा पुरा गरिन् । ४२ मिनेट ५२ सेकेण्डमा दुरी पुरा गरेका सानुमाया कार्की दोस्रो तथा मीरा श्रेष्ठ खड्काले ४८ मिनेट २८ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो भईन् । विजेता सन्तोषी श्रेष्ठले उपाधिसहित १५ हजार ५ रुपैया प्राप्त गरिन् । दोस्रो भएको सानुमायाले १० हजार ५ र तेस्रोले ५ हजार ५ प्राप्त गरिन् । यस्तै स्थनीयतर्फको उपाधि पालुङटारका अमिर सिंहले जिते । उनले निर्धा्िरत दुरी १ घण्टा १० मिनेट ४० सेकेण्डमा पुरा गरे । पालुङटारकै सुर्य विकले १ घण्टा १४ मिनेट ३५ सकेण्डमा दुरी पुरा गर्दै दोस्रो भए । राजन नेपालीले १ घण्टा १५ मिनेट ०५ सेकेण्डमा दुरी पुरा गर्दै स्थान हात पारे । विजेताले १५ हजार ५ रुपैया प्राप्त गरे । दोस्रो र तेस्रोले क्रमशः १० हजार ५ र तेस्रोले ५ हजार ५ प्राप्त गरे । सबै स्पर्धामा गरी १०३ धावकले प्रतिस्पर्धा गरेका थिए । दौडमा अघिल्ला संस्करणका विजेताहरुले सहभागिता जनाउने भनिएतापनि उनीहरु दौडमा सहभागिता जनाएनन् ।  दौड चेपेघाटबाट शुरु भएर लिग लिग दरवारमा पुगेर टुंगिएको थियो । हरेक विधाका विजयी खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी (राजन), लिगकोट बिकास अभियानका अध्यक्ष पूर्ण बहादरु राना लगायतले पुरस्कृत गरे । 

पहिलो लिगलिग दौडको उपाधि पुलिसका भूमिराज राईले जितेका थिए । दोस्रो संस्करणमा आर्मीका हरिकुमार रिमाल च्याम्पियन बन्दा तेस्रो संस्करणमा समिर तामाङ, चौथोमा कृष्ण बस्नेत, पाँचांैमा अनिष थापामगर, छैटौंमा पुनः हरिकुमार रिमाल र सातौंमा अनिष थापामगरले लिगलिग दौडको उपाधि जितेका थिए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं