काठमाडौं । गीत तथा गजल लेखनमा आफ्नो फरक परिचय बनाउनुभएका गीतकार डब्बु क्षत्रीको नयाँ गजल ‘तिम्रो याद...’को भिडियो सार्वजनिक गरिएको छ । हाइलाइट नेपालको अफिसियल युट्युब च्यानलबाट आइतबार सार्वजनिक गरिएको यस गीतलाई सानु बाबु महर्जनले गाउनुभएको छ ।
ब्राइटर तिम्रो सुर मेरो गीत...का फाइनलिष्ट बन्नुभएका महर्जनको स्वरमा यो गजल निकै मेलोडी बनेको छ । यो गजललाई संगीतकार जुगल डंगोलले संगीत गर्नुभएको हो ।
‘अनायसै तिम्रो याद आइरहृयो रातभर
मनमा नौलो हलचल छाइरहृयो रातभर...’
युगल प्रेमीको अथाह प्रेम भावलाई यो गजलमा समेटिएको गीतकार डब्बु क्षत्रीले बताउनुभएको छ । भिडियोको निर्देशन र सम्पादन पनि क्षत्री आफैंले गर्नुभएको हो । पोखराका विभिन्न रमणीयस्थलमा छायांकन गरिएको यो गजलमा कलाकार निश्चलविक्रम पौडेल र सृष्टि कडरीयाले अभिनय गर्नुभएको छ । राहदानीसहित विभिन्न चलचित्र, क्राइम पेट्रोल नेपाल र नाटकमा अभिनय गर्नुभएका निश्चलले म्युजिक भिडियोमा भने पहिलो पटक काम गर्नुभएको हो । गजलको भिडियोलाई मिलन शंकरले खिच्नुभएको हो भने वीरेन्द्र भाट ‘विपिन’को रंग संयोजन रहेको छ ।
डब्बु क्षत्रीको यो १०औं गजल हो । यसअघि उहाँले झरीसम्बन्धी सबै गजल समेटेर गजल संग्रह ‘झरी’ बजारमा ल्याउनुभएको थियो । त्यसपछि उहाँले ल्याएको अर्को गीत तथा गजल संग्रह ‘गुलावी स्वरहरू’मा पनि केही गजल छन् । गजलबाटै म्युजिक खबर म्युजिक अवार्ड, सुन्दरादेवी सन्देश म्युजिक अवार्ड जितेका डब्बु क्षत्री नयाँ गजल ‘तिम्रो याद...’बाट निकै आशाबादी देखिनुहुन्छ । क्षत्रीले भन्नुभएको छ, ‘रोमान्टिक भावको यो गजल सबै उमेर र वर्गका श्रोतालाई मन पर्नेछ । अझ तन्नेरी पुस्तालाई लक्षित गरेर भिडियोमा पनि किशोर–किशोरीलाई अभिनय गराएको छु ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच