सौर्यमण्डल बाहिर पनि ग्रहको अस्तित्व

Read Time = 2 mins

एजेन्सी । लामो समयदेखि वैज्ञानिक अध्ययन-अनुसन्धानमा जुटिरहेका वैज्ञानिकहरूले सौर्यमण्डलबाहिर पनि ग्रहको अस्तित्व रहेको संकेत फेला पारेका छन् । अन्तरिक्षबारे अध्ययनमा सहभागी ५००० भन्दा बढी वैज्ञानिकले हाम्रो सूर्यभन्दा पनि पर केही ग्रहले अन्य तारालाई परिक्रमा गरिरहेको जनाएका छन् । तर, यो सबै मिक्ली वे सौर्यमण्डलभित्रै भएको वैज्ञानिकहरूले बताएका छन् । 

नासाको चन्द्र एक्स-रे टेलिस्कोपले पत्ता लगाएको शनि ग्रह आकारकै एक ग्रह मेसियर-५१ नामक सौर्यमण्डलमा रहेको जनाइएको छ । मिल्की वेबाट उक्त ग्रह २८ मिलियन प्रकाश वर्षको दूरीमा रहेको जनाइएको छ ।

तारालाई परिक्रमा गरिरहेको उक्त ग्रहको कक्ष र प्रकाशको चम्काइको स्थितिको अध्ययनका आधारमा उक्त निष्कर्ष निकालिएको हो । डा. रोशनी डी स्टेफाने र उहाँका साथीहरूले एक्स-रेको प्रकाशजस्तै वस्तुबाट आएको चम्किलोपन प्राप्त गर्नुभएको थियो ।

हृवर्लपुल ग्यालेक्सीमा पत्ता लागेको नयाँ सम्भावित बाहृयग्रह पृथ्वीबाट २८ लाख मिलियन प्रकाश वर्ष टाढा छ, जुन मिल्कीवेबाट हजारौं गुणा टाढा छ । उक्त पदार्थ न्युट्रन ग्याँसले भरिएको कुनै तारा हुन सक्ने र नजिकबाट परिक्रमा गर्दा ब्ल्याक होलले त्यहाँको ग्याँस आकर्षित गरेको हुन सक्ने अनुमान पनि अध्ययनले गरेको छ । ०००

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?