अब कृत्रिम मुटु प्रत्यारोपण

Read Time = 3 mins

काठमाडौं । फ्रान्सको कम्पनी कार्डमार्टले कृत्रिम मुटु बनाएको छ । सन् २००८ मा पहिलोपटक कम्पनीले यो कृत्रिम मुटु बनाएको थियो । त्यसपछि यसलाई विभिन्न स्थानहरूमा मुटुका बिरामीमाथि परीक्षण भइरहेको छ । पछिल्लो समय इटालीको मोनार्डी अस्पतालमा बिरामीलाई कृत्रिम मुटु प्रत्यारोपण गरिँदैछ । ५६ वर्षका ती बिरामी मुटु प्रत्यारोपणको पर्खाइमा थिए । उनको बाँच्ने इच्छा मरिसकेको थियो । मुटु चिकित्सक किरो मायलोले उनको शल्यक्रिया गर्नुभयो । यो पहिलोपटक कृत्रिम मुटु बेचिएको घटना हो । 

यो कृत्रिम मुटु हेर्दा मानिसको वास्तविक मुटुजस्तै देखिन्छ । यसका तीन भाग छन् । यसमा दुई साना-साना पम्पसँग मिलेर एक मोटर पम्प बनेको छ । यसका साथै यसमा दुई भेन्ट्रिकल च्याम्बर रहेको हुन्छ । ती झिल्लीका माध्यमले दुई भागमा बाँडिएका छन् । यसमध्ये एक रगतका लागि हो भने अर्को गति दिने तरलका लागि हो । यसका साथै इलेक्ट्रोनिक माइक्रोप्रोसेसर सेन्सर पनि हुन्छन् । तिनले मानिसको आवश्यकताअनुसार काम गर्दछन् । यसपछि बाहिरीरूपमा एक लचिलो ब्याग हुन्छ । त्यसमा गति दिने तरल राखिएको हुन्छ । चार जैविक भल्बले रगतको नलीको प्रवाहलाई नियन्त्रण गर्दछन् । यसमा फेरि दुई निकास नली हुन्छ । ती नलीले मुटुलाई धमनीसँग जोड्छन् ।

डिसेम्बर २०२० मा कम्पनीलाई युरोपियन सी मार्किङ दिइयो र यसलाई प्रत्यारोपणको अनुमति दिइयो । पहिलो मुटु बेचेपछि अन्य देशहरूबाट पनि बिरामीहरू उसले बनाएका मुटु किन्न आउने आशा कम्पनीले गरेको छ । खास गरेर फ्रान्स र जर्मनीबाट मुटु किन्ने मान्छेहरू आउने ठानिएको छ । यसै महिना कम्पनीले अमेरिकामा पनि पहिलो कृत्रिम मुटु प्रत्यारोपण गर्ने घोषणा गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?