जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्षका उम्मेदावर शेरबहादुर शाही र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का गीता कुमारी शाही निर्वाचित हुनु भएको छ ।
मतगणनाको अन्तिम परिणामअनुसार शाहीले तीन हजार ३०३ मत ल्याउँदा नेकपा एमालेका रंगनाथ योगीले दुई हजार ७१८ मत ल्याउनु भयो । उहाँहरूबीच ५८५ को मतान्तर रहेको शिवालय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी उपप्रमुखमा सत्ता गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रका गीता शाहीले एमालेकी नैनसरा शाहीलाई २४० मतको फराकिलो अन्तरले पराजित गर्नुभयो । माओवादी केन्द्रका शाहीले दुई हजार ६५९ मत ल्याउँदा एमालेकी नैनसरा शाहीले दुई हजार ४२९ मत मात्रै प्राप्त गर्नुभयो ।
हेमन्त केसी/न्युज कारखाना
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल