काठमाडौं । एमालेले पार्टी अध्यक्ष केपी ओली कोरोना संक्रमित भएको जानकारी गराउँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । तर, ओली पत्नी राधिका शाक्यलाई भने कोरोना संक्रमण नभएको स्पष्ट पारेको छ ।
एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आइतबार दिउँसो अध्यक्ष ओलीलाई संक्रमण पुष्टि भए पनि पत्नी शाक्यलाई भने कोरोना संक्रमण नभएको जनाउँदै अनुमानका आधारमा सूचना सम्प्रेषण नगर्न आग्रह गरेका छन् ।
‘हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली कोभिड संक्रमित हुनुभएकोमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । साथै, श्रीमती राधिका शाक्यलाई कोभिड संक्रमण नभएकाले अनुमानका आधारमा सूचना सम्प्रेषण नगर्न सबैमा अनुरोध गर्दछौं,’ रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल