आइपिएल अक्सनमा १५ नेपाली खेलाडी
हिमालय टाइम्स POSTED ON : माघ १०, २०७८ (८:०९ AM)5Shares 4
1

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराउनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यसअघि आइपिएल खेलिसक्नुभएका कप्तान सन्दीप लामिछानेसहित १५ खेलाडीले नाम दर्ता गराउनुभएको हो ।
क्यानका अनुसार नेपालका आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहितकुमार पौडेल, सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, शरद भेषवाकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले नाम दर्ता गराउनुभएको छ ।
आइपिएलको मेगा अक्सन आगामी १२ र १३ फेब्रुअरीमा हुँदैछ । यही जनवरी २० मा खेलाडीको रजिस्टे«सन सकिएको थियो । यस अक्सनमा १२१४ खेलाडी सहभागी हुँदैछन् । जसमा ८९६ भारतीय र ३१८ विदेशी खेलाडी हुनुहुन्छ । दुई दिन चल्ने अक्सनमा आइपिएलका १० टोलीले खेलाडीहरूमाथि भाउ लगाउनेछन् । नाम दर्ता गराउने खेलाडीमा २७० राष्ट्रिय टोलीबाट खेलिसक्नुभएका, ९०३ जना नखेलेका र ४१ खेलाडी एसोसियट राष्ट्रका रहनुभएको छ ।
आइपिएलले सार्वजनिक गरेको सूची अनुसार अस्ट्रेलियाबाट ५९, अफगानिस्तानबाट २०, बंगलादेशबाट ९, इंग्ल्यान्डबाट ३०, आयरल्यान्डबाट ३, न्युजिल्यान्डबाट २९, दक्षिण अफ्रिकाबाट ४८, श्रीलंकाबाट ३६, वेस्ट इन्डिजबाट ४१ र जिम्बाबेबाट २ खेलाडीले नाम दर्ता गराउनुभएको छ ।
एसोसियट राष्ट्रमा नेपालबाट १५, नामिबियाबाट ५, अमेरिकाबाट १४, भुटान, नेदरल्यान्ड्स, स्कटल्यान्डबाट १–१ खेलाडीले नाम दर्ता गराउनुभएको छ । यसअघि नै १० टोलीले रिटेनमार्फत् ३३ खेलाडी टोलीमा अनुबन्ध गरिसकेका छन् । अब अक्सनमा दर्ता गराएको नामबाट आइपिएलमा सर्टलिस्ट हुनेछ भने सर्टलिस्टमा परेका खेलाडीहरूको अक्सनमा भाउ लाग्नेछ ।
एक टोलीले बढीमा २५ खेलाडी राख्न पाउने प्रावधान तोकिएको छ । जसमा आठ विदेशी खेलाडी हुनेछन् । यसपल्ट अहमदाबाद र लखनउ गरी दुई टोली थपिएका हुन् । यसअघि आइपिएलमा आठ टोलीको सहभागिता हुँदै आएको थियो ।
नेपाली लेग स्पिनर तथा कप्तान सन्दीप लामिछानेलाई सन् २०१८ मा तीन सिजनका लागि दिल्ली क्यापिटल्सले टोलीमा अनुबन्ध गरेको थियो । तर, दुई सिजन दिल्लीले सन्दीपलाई मौका दिए पनि अन्तिम सिजनमा भने कुनै पनि खेल खेलाएन । गत वर्ष सम्झौता सकिएपछि सन्दीपलाई दिल्लीले रिलिज गरिसकेको छ । यस सिजनमा अब सन्दीपलाई जुनसुकै टोलीले बोली लगाउन सक्छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच