श्रीलंकामा नेपालको विशाल योगफल, चार खेलाडीको अर्धसतक

Read Time = 2 mins

काठमाडौं । अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसविरुद्ध विशाल योगफल तयार पारको छ ।

बुधबार कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै आक्रमक सुरुवात गरेको नेपालले ३३२ रनको लक्ष्य प्रस्तुत गरेको हो । निर्धारित ५० ओभर खेलेको नेपालले सात विकेट गुमाउँदै ३३१ रन बनायो ।

नेपालका चार ब्याटरले अर्धसतक बनाए । ओपनरद्वय कुशल भर्तेल र आसिफ शेखले क्रमशः ५७ र ५२ रन जोडे । यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रोहित कुमार पौडेलले सर्वाधिक ७२ रन बनाएर आउट हुँदा करण केसी ५३ रनमा अविजित रहे ।

यस्तै आरिफ शेखले ३५, कमलसिंह ऐरी ४५ रनमा अविजित रहँदा बिनोद भण्डारीले ३ बन बनाए ।

यसअघि नेपालले पहिलो खेलमा श्रीलंका नेभीविरुद्ध १११ र दोस्रो खेलमा ८२ रनको जित निकालेको थियो । अभ्यासपछि नेपाली टिम १४ मार्चमा संयुक्त अरब इमिरेट्स ९यूएई० प्रस्थान गर्नेछ । जहाँ नेपालले विश्वकप लिग(२ प्रतियोगिता खेल्नेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?