आज फागु पर्व मनाइँदै

Read Time = 6 mins

काठमाडौं । आज पहाडी तथा हिमाली जिल्लाहरूमा फागु पूर्णिमा अर्थात् होली भव्यताका साथ मनाइँदैछ । यस वर्ष पहाडी तथा हिमाली जिल्लामा ३ चैत (बिहीबार) र तराईका जिल्लामा ४ चैत (शुक्रबार) मा होली  मनाउन लागिएको हो । शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिको अन्त्य भएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

केही वर्षअघिसम्म उपत्यकामा अभद्र रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ ।

नेपालका सबै जातजातिले मनाउने होली पर्व पहिलो दिन पहाडी भेगमा मनाउने गरिन्छ भने दोस्रो दिन तराईका क्षेत्रहरूमा मनाइने चलन छ । विगत दुई वर्ष कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण सार्वजनिक स्थलमा होली मनाउन रोक लगाइएको थियो भने यो वर्ष सजगताका साथ होली मनाउन अनुरोध गरिएको छ ।

त्रेतायुगमा हिरण्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान् भक्त प्रहृलादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । भगवान् विष्णुको प्रतापले प्रहृलादलाई आगोले केही नगरे पनि आगोले नजल्ने वरदान पाएकी होलिका भने सो अग्निमा जलेर नष्ट भएको किंवदन्ती होली पर्वसँग जोडिएको छ ।

हिन्दूहरूले यसलाई महत्वपूर्ण चाडका रूपमा लिने गरेको हुँदा होलीमा रंगहरूको टीका लगाइ मनाउने गरिन्छ । फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

नेपालमा प्रचलित विभिन्न संस्कृतिमध्ये फागु पूर्णिमा आफ्नै विशिष्टता बोकेको संस्कृति भएको संस्कृतिविद् बताउँछन् । फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबारअगाडि चीर विशेष रूपले सजाएको लिंगो गाडेपछि फागु सुरु भएको मानिने यो पर्व पूर्णिमाको रातमा उक्त चीर ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ । यस्तै, फागुन शुक्ल अष्टमीको दिन भीमसेन मन्दिरमा राखिएको लिंग (लग)लाई टोलटोलमा पसलैपिच्छे घुमाएर पूजा गरी पुनःमन्दिरको पाटीमा राखिने परम्परा छ ।

फागुमा प्रयोग गरिने रङको आ-आफ्नै महत्वपूर्ण रहेको पाइन्छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ भने पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान् गणेशलाई सबै रङ मनपर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । फागु पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, दलका प्रमुख नेतासहित विभिन्न नेताहरूले शुभकामना दिएका छन् ।

उपत्यकामा एक हजार तीन सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णिमा पर्व (होली)लाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकाको तीनै जिल्लामा एक हजार तीन सयभन्दा बढी ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिएको छ ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली पर्व मनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गर्ने भएको हो । महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाइका साथ सुरु गर्ने भएको छ ।

यता, जिल्ला प्रशासन कार्यालयले पनि होली फागु पूर्णिमा लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरीत रङ नदल्न आग्रह गरिएको छ । होली मनाउने नाममा रीतिरिवाज र परम्पराविपरीत उच्छृंखल क्रियाकलाप नगर्न प्रशासनले आग्रह गरेको हो ।

सर्वसाधारणलाई दुःख दिने, इच्छाविपरीत रङ दल्ने, लोला तथा फोहोर पदार्थले हान्ने, मादक पदार्थ सेवन गरेर अवाञ्छित क्रियाकलाप गरी शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न प्रशासनले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप रास्वपा सभापति लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किए