सीताको वरीयता यथावत्

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी सदस्य सीता राना मगरले टी-ट्वान्टी ब्याटिङतर्फको वरीयता यथावत् राख्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले अपडेट गरेको पछिल्लो वरीयतामा सीता ७२औँ स्थानमा कायमै रहनुभएको हो ।

बलिङतर्फको वरीयतामा नेपालकी कविता कुँवर पनि यथावत् रहनुुभएको छ । नयाँ वरीयताअनुसार कविता ९७औँ स्थानमा कायमै रहनुभएको छ ।

बलिङतर्फको शीर्ष वरीयतामा इंग्ल्याण्डकी सोफी एक्लेस्टोन रहनुभएको छ । ब्याटिङतर्फ अष्ट्रेलियाकी ताहलिया म्याकग्राथ शीर्षस्थानमा रहनुभएको छ । महिला टी-ट्वान्टी वरीयतामा नेपाल १८औँ स्थानमा यथावत् रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?