राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गर्नुभएकाे छ । बुधबार राति प्रवासी नेपाली एकता समाज कतारको निमन्त्रणामा अध्यक्ष लिङ्देन दोहा प्रस्थान गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

उहाँका अनुसार अध्यक्ष लिङ्देन कतारमा रहँदा श्रमिकको समस्या र अवस्थाबारे जानकारी लिने र नेपाली दूतावासका अधिकारीहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

अध्यक्ष लिङ्देनले आफ्नो अनुपस्थितिमा नियमित कार्य सञ्चालनका लागि वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएकाे प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयाे ।

उहाँका अनुसार लिङ्देन १३ असोजमा स्वदेश फर्किनुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?