सगरमाथा आरोहीको बालबिवाह रोकथाम अभियानले मूर्त रुप लिँदै

Read Time = 2 mins

काठमाडौं

विश्व कीर्तिमानी सगरमाथा आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालबिवाह रोकथाम अभियानलाई ललितपुर जिल्लाबाट सुरुवात गर्नुभएको छ ।

कल्पनाले गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा ललितपुरको गोदावरी नगरपालिका-८ डुकुछापको सामुदायिक स्कुलहरुका विद्यार्थीहरुको साथै दनुवार बस्तीमा पुगेर सचेतना अभियानको थालनी गर्नुभएको हो ।

कल्पनाले ती स्कुल र बस्तीमा पुगेर बालबाबिबाहका विषयमा जानकरी दिँदै आउनुभएको छ । साथै उहाँले बालविबाहका नकारात्मक पक्षहरुका विषयहरुमा जानकारी दिंदै बालविवाह नगर्न नगराउन आग्रह गरी जनचेतना जगाउनुभएको छ । उहाँले २०७६ जेठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाटै बालबिवाह रोकथाम अभियान गर्ने उद्धघोष गर्नुभएको थियो ।

नेपालको अन्य अल्पसंख्यक जातिमध्ये दनुवार पनि एउटा जाति हो । नेपालको वि.सं. २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार अधिराज्यभर दनुवारहरुको संख्या ८४ हजार ११५ रहेका छन् ।

नेपालको काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरड, सुनसरी, रौतहट मकवानपुर, सर्लाही आदि जिल्लाहरुमा दनुवारहरु बसोबास गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?