कीर्तिमानी गीतकार डा. उपाध्यायको ‘सन्दर्भ’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको आधुनिक गीति एल्बम ‘सन्दर्भ’ मा रहेका गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । एल्बममा रहेका गीतमा दीपक शर्माको संगीत रहेको छ ।

एल्बममा ‘हावाले उडायो...’, ‘हेर्ने मन छ...’, ‘मन मिल्यो तर...’ जस्ता गीत समावेश गरिएको छ । यी गीतमा गायकगायिका कृष्ण काफ्ले, डेविड शंकर, सविन सुवेदी, बेनिशा पौडेल र ममता गुरुङले स्वर दिनुभएको छ । लिरिकल गीतको भिडियो डीआर म्युजिक क्रियसनको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

गीत-संगीत तथा विविध विधामा गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गर्नुभएका डा. उपाध्यायका ३३ गीति एल्बमका सयौं गीत र भिडियो दर्शकमाझ आएका छन् ।

यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । दर्जनौँ अवार्ड, पुरस्कारबाट सम्मानित कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई हालै ‘मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान’ बाट सम्मानित पनि गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?