चेल्सी र युनाइटेडले खेले बराबरी

Read Time = 1 min

काठमाडौं

इग्लिस प्रीमियर लिग (ईपीएल) अन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले १(१ अन्तरको बराबरी खेलेका छन् ।

युनाइटेड घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा भ्रमणकारी टोली चेल्सीले सुरुआती अग्रता बनायो । पहिलो हाफमा चेल्सीले निकै दवाव बनाएपनि गोल गर्न सकेन । दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।

खेलको ६०औं मिनेटमा मार्को एलन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर दुई मिनेट मै युनाइटेडले गोल फर्कायो ।

माटिकको पासमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए । बराबरीसंगै युनाइटेडको शीर्ष चारमा स्थान बनाउने सम्भावना कमजोर बन्दै गएको छ ।

चेल्सी ३३ खेलबाट ६६ अंकसहित तेस्रो स्थानमा छ । दुई खेल बढी खेलेको युनाइटेड ५५ अंक सहित छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?