बेनीमा आजदेखि निःशुल्क मुटुरोग शिविर

Read Time = 3 mins

ध्रुबसागर शर्मा
म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा पहिलो पटल विदेशी विशेषज्ञ चिकित्सक सहितको निःशुल्क मुटु परिक्षण एवम् स्वास्थ्य शिविर सुरु भएको छ ।
सेभ द हार्टको आयोजना, मनमोहन कार्डियोग्राफि तथा भास्कुलर सेन्टरको प्राविधिक सहयोग र म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतारको सह–आयोजनामा बैशाख १६ र १७ गते बेनी अस्पतालमा मुटु परीक्षण सहितको निःशुल्क स्वास्थ्य शिविरको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले उद्घाटन गरे ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा म्याग्दी जिल्लामा विदेशी चिकित्सक सहित दुई दिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविर आयोजना गरिएको सहआयोजक ओमकुमारी शान्ति कोषले जनाएको छ ।
म्याग्दी र छिमेकी जिल्लाका बिरामीलाई लक्षित गरी शिविरको आयोजना गरिएको र शिविरमा शिविरमा शुक्रवार बिहानमात्रै १ हजार भन्दा बढी मुटु परीक्षण गराउन आएका व्यक्तिहरुको लाइन लागेको शिविरका संयोजक तथा ओमकुमारी शान्ति कोषको उपाध्यक्ष हरिकृष्ण गौतमले बताए ।
शिविरमा स्कुले विद्यार्थीलाई छुट्टै परिक्षण सहित मुटुमा समस्या देखिएकाहरूको पहिचान गरी उपचारमा सहयोग पु¥याउने गरीगाउँ–गाउँमा पुगेर प्रचारप्रसार समेत गरिने संयोजक गौतमले जानकारी दिए ।
शिविरमा नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञका साथै यूरोपेली मुलुक इटालीबाट समेत मुटुरोग विशेषज्ञ गरी करिब ३२ जना चिकित्सक, स्वास्थ्यकर्मीको उपस्थिती रहेको छ । सेभ द हार्टका महासचिव शेरबहादुर रानाले मुटुको शल्यक्रिया गर्नुपर्ने वा थप उपचारका लागि काठमाण्डौमा जानुपरेमा संस्थाले सहयोग गर्ने बताए ।
शिविरमा निशुल्क इसिजि, निशुल्क कार्डियोग्राफी सेवा, निशुल्क औषधी वितरण, १८ वर्ष माथिका विपन्नलाई उपचारमा आवश्यक सहयोग समेत गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
विभिन्न जिल्लामा लागूऔषधसहित ३५ जना पक्राउ नाइमा नेपाल मोबिलिटी एक्स्पोमा दर्शकको घुइँचो वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : डा. शशांक कोईराला प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री डा. वाग्लेको आह्वान देउवाको आलोचना होइन, आत्मसमीक्षा गर्न कांग्रेस नेता खड्काको आग्रह ललितपुर महानगरद्वारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन मकवानपुरमा एक वर्षमा ३१ जना एचआईभी संक्रमित थपिए लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लहान अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने : मन्त्री मेहता लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित)