बेनीमा आजदेखि निःशुल्क मुटुरोग शिविर

Read Time = 3 mins

ध्रुबसागर शर्मा
म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा पहिलो पटल विदेशी विशेषज्ञ चिकित्सक सहितको निःशुल्क मुटु परिक्षण एवम् स्वास्थ्य शिविर सुरु भएको छ ।
सेभ द हार्टको आयोजना, मनमोहन कार्डियोग्राफि तथा भास्कुलर सेन्टरको प्राविधिक सहयोग र म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतारको सह–आयोजनामा बैशाख १६ र १७ गते बेनी अस्पतालमा मुटु परीक्षण सहितको निःशुल्क स्वास्थ्य शिविरको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले उद्घाटन गरे ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा म्याग्दी जिल्लामा विदेशी चिकित्सक सहित दुई दिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविर आयोजना गरिएको सहआयोजक ओमकुमारी शान्ति कोषले जनाएको छ ।
म्याग्दी र छिमेकी जिल्लाका बिरामीलाई लक्षित गरी शिविरको आयोजना गरिएको र शिविरमा शिविरमा शुक्रवार बिहानमात्रै १ हजार भन्दा बढी मुटु परीक्षण गराउन आएका व्यक्तिहरुको लाइन लागेको शिविरका संयोजक तथा ओमकुमारी शान्ति कोषको उपाध्यक्ष हरिकृष्ण गौतमले बताए ।
शिविरमा स्कुले विद्यार्थीलाई छुट्टै परिक्षण सहित मुटुमा समस्या देखिएकाहरूको पहिचान गरी उपचारमा सहयोग पु¥याउने गरीगाउँ–गाउँमा पुगेर प्रचारप्रसार समेत गरिने संयोजक गौतमले जानकारी दिए ।
शिविरमा नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञका साथै यूरोपेली मुलुक इटालीबाट समेत मुटुरोग विशेषज्ञ गरी करिब ३२ जना चिकित्सक, स्वास्थ्यकर्मीको उपस्थिती रहेको छ । सेभ द हार्टका महासचिव शेरबहादुर रानाले मुटुको शल्यक्रिया गर्नुपर्ने वा थप उपचारका लागि काठमाण्डौमा जानुपरेमा संस्थाले सहयोग गर्ने बताए ।
शिविरमा निशुल्क इसिजि, निशुल्क कार्डियोग्राफी सेवा, निशुल्क औषधी वितरण, १८ वर्ष माथिका विपन्नलाई उपचारमा आवश्यक सहयोग समेत गरिने जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?