आज मातातीर्थ औँशी

Read Time = 2 mins

काठमाडौं । आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्षको वैशाख कृष्ण औँशीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गरी यो पर्व मनाउने गरिन्छ । आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशीर्वाद लिएर यो दिवस मनाउने गरिन्छ ।

मातातीर्थ औंशीका अवसरमा आमालाई उपहार प्रदान गर्ने, विभिन्न मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद लिने प्रचलन रही आएको छ । यस दिन आमा नभएकाहरूले भने आमाको श्राद्ध गर्दै आमाको सम्झना गर्ने गर्छन् । आजको दिनमा दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँशीमा काठमाडौंको मातातीर्थमा ठूलो मेला लाग्ने गर्दछ ।

आजको दिन बिहानै उठेर नित्य कर्म गरिसकेपछि आमासँगै हुनेहरूले आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशीर्वाद लिने गरिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।

आमालाई भेट्न नपाउनेहरूले फोनबाट वा सामाजिक सञ्जालमार्फत आमालाई सम्झिने गर्दछन् । पौराणिक कालदेखि नै मनाउँदै आएको आमाको मुख हेर्ने दिन आमाले गरेका महान् कष्ट र पूर्ण कामहरूको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?