पाकिस्तानको एक विश्वविद्यालयमा बम विस्फोट हुँदा तीन चिनियाँसहित चारको मृत्यु

Read Time = 2 mins

कराँची । पाकिस्तानको एक विश्वविद्यालयमा बम विस्फोट हुँदा तीन चिनियाँसहित चार जनाको मृत्यु भएको छ । कराँची विश्वविद्यालयमा भएको विस्फोटमा पर्ने तीन चिनियाँमध्ये दुईजना अध्यापक रहेको बताइएको छ ।

विश्वविद्यालयको फरेन फ्याकल्टीमा भ्यान ठोक्काएर विस्फोट गराइएको थियो । मृत्यु हुनेमा हुआन गुइपिंग, दिंग मुपेन्ग र चेन साई रहनुभएको छ । गुइपिंग फ्याकल्टीका निर्देशक र दिंग मुपेन्ग र चेन साई अध्यापक रहनुभएको छ । भ्यानमा सवार चालकको खालिद नामका व्यक्तिको पनि मृत्यु भएको छ ।

उक्त विस्फोटमा एक चिनियाँ र एक स्थानीय गम्भीर घाइते भएका छन् भने दुई सेक्युरिटी गार्ड पनि सामान्य घाइते भएका छन् ।
यसैबीच चीनले चीनले कराँची विश्वविद्यालयमा भएको बम विस्फोटको छानविन गर्न माग गरेको छ । पाकिस्तानस्थित चिनियाँ दूतावासले घटनाको कडा निन्दा गर्दै आफ्ना नागरिकलाई पूर्ण सुरक्षा दिन पनि आग्रह गरेको छ ।

यो घटनाप्रति पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले यसलाई आतंकवाद र कायरतापूर्ण कार्यको संज्ञा दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?