लिभरपुललाई पहिलो लेगमा अग्रता

Read Time = 1 min
A A- A+

काठमाडौं

यूइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले भिल्लारियलाई २-० अन्तरले पराजित गरेको छ ।

बुधबार राति घरेलु मैदान एनफिल्डमा जित निकाल्ने क्रममा लिभरपुलले सुरुआती गोल उपहार पायो, भने दोस्रो गोल साडियो मानेले गरे ।

घरेलु मैदानको सहज जितसँगै लिभरपुल फ्रान्स राजधानी पेरिसमा हुने फाइनल नजिक छ । अब दोस्रो लेग भिल्लारियलको मैदानमा हुनेछ । जुन खेलमा लिभरपुललाई बराबर काफी हुनेछ ।

भिल्लारियलको बलियो डिफेन्स बीच पहिलो हाफमा कुनै गोल निस्कन सकेन । खेलको ५३औँ मिनेटमा पर्भिस स्तुपिनानले आफ्नै पोस्टमा गोल गर्दा लिभरपुलले अग्रता बनायो ।

पहिलो गोल भएको दुई मिनेट पछि नै साडियो मानेले मोहम्मद सलाहको पासमा दोस्रो गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?