काठमाडौं । म्युजिक भिडियो निर्देशकहरूको छाता संस्था नेपाल म्युजिक भिडियो निर्देशक समाजले नयाँ कार्यसमिति चयन गरेको छ । राजधानीमा आयोजित समाजको प्रथम साधारणसभा तथा अधिवेशनबाट संस्थापक अध्यक्ष विधान कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।
समाजको प्रथम उपाध्यक्षमा देवेन्द्र पाण्डे र द्वितीय उपाध्यक्षमा निकेश खड्का निर्विरोध चुनिनु भएको छ । महासचिवमा सुव्रतराज आचार्य, सचिवमा प्रकाश धिताल, कोषाध्यक्षमा वविता श्रेष्ठ र सहकोषाध्यक्षमा डीआर सुजन चयन भएको संघको जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै सदस्यमा कृष्णदेश रूपाखेती, सुरेन्द्र बसेल, देवेन्द्र कुँवर, जनकबहादुर सिंह, लक्षु गौतम, दयाराम घिमिरे, नरेन्द्र विष्ट (गम्भीर) र देवराज आचार्य चयन हुनुभएको छ ।
नयाँ कार्यसमितिले पद तथा गोपनियताको शपथ ग्रहण गरेपछि कार्यसमितिको पहिलो बैठकले उपाध्यक्ष र सहसचिव पदमा मनोनित गरेको थियो । उपाध्यक्षमा निशान घिमिरे र सहसचिवमा समन अधिकारी मनोनित हुनुभएको छ । योसँगै नेपाल म्युजिक भिडियो निर्देशक समाजको कार्यसमिति १७ सदस्यीय भएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच