काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको नयाँ शाखा गठन गरिएको छ । १० र ११औँ शाखाको रूपमा झापा र इलामा नयाँ शाखा गठन भएको हो । दुई जिल्ला आयोजित भेलामा संघका केन्द्रीय अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटा तथा संघका सदस्य कुमार आचार्य लगायतको उपस्थित थियो । इलामा शाखामा अतीत योङहाङको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको छ । समितिको उपाध्यक्ष दुर्गेश भट्टराई, सचिव सुनिता मगर, सहसचिव तारा खाती र कोषाध्यक्षमा सरिता राई रहनुभएको छ ।
यस्तै, सदस्यमा एलिना गुरूङ, त्रिलोचन अधिकारी, सुशील मोरोहाङ, सुनिल शंकर, केशव भट्टराई, मिलन मुखिया, उमेश लिम्बू, रोशन काफ्ले, सृष्टि कुरुम्बाङ रहनुभएको छ । भेलाले तीन सदस्यीय प्रदेश प्रतिनिधि पनि छनोट गरेको छ । सोम सुनुवार, सृजना श्रेष्ठ र काकीराम लावती (आन्छुमे नसान) छनोट हुनुभएको छ । पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । सल्लाहकार समितिमा सटेन्द्र जबेगु, विप्लव भट्टराई, बुद्धमाया सोङ्मी, केवल तामाङ र सुरेश पोर्तेल रहनुभएको छ ।
प्रदेश अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य सुगम संकल्प, नेपाल पत्रकार महासंघ इलामका सचिव भीम चापागाई, प्रेस युनियनकी उपाध्यक्ष सुनिता मगर, प्रेस सेन्टरकी अध्यक्ष बुद्धमाया सोङ्मी, प्रेस चौतारीका योगेन्द्र शंकर, समाजवादी प्रेस संगठन नेपालका सचिव तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ इलामका उपाध्यक्ष याम माबोहाङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै, झापा शाखाको अध्यक्षमा रमेश तिवारी चयन हुनुभएको छ । १५ सदस्यीय छानिएको कार्यसमितिमा समीर सुवेदी उपाध्यक्ष, सचिव एकराज प्रधान, सहसचिव सुरज प्रधान कोषाध्यक्ष शुभला तामाङ र सदस्यमा सन्तोष न्यौपाने, उद्धव पुरी, निराजन निरौला, सुनिता तामाङ, अस्मिता सांखी, दीपेन भेटवाल, सन्तोष शर्मा, अभिषेक धमला, नगेन्द्र नेपाल र रवि किरण वान्तवा रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच