शरीरका लागि पानी

Read Time = 6 mins

काठमाडौं । पानीबिनाको हाम्रो जीवनको कल्पना पनि गर्न सकिँदैन । पानी जीवनको आधार हो । धर्मशास्त्र र दर्शनदेखि विज्ञानसम्मले जीवको उत्पत्ति पानीमै भएको तथ्य स्वीकारेका छन् । जीवन जिउन पानी अत्यन्त महत्वपूर्ण तत्व हो । पृथ्वी र हाम्रो शरीरमा पनि पानीकै बाहुल्यता छ । तर पनि यसको महत्वलाई बुझ्न नसक्दा हामीले विभिन्न समस्या भोगिरहेका छौं । हाम्रो शरीर रचनामा सर्वाधिक (६०-७० प्रतिशत) हिस्सा ओगटेको, विभिन्न जैव-रासायनिक क्रियाहरूमा प्रत्यक्ष तथा परोक्षरूपमा संलग्न रहेको हाइड्रोजन र अक्सिजनका परमाणुहरूले बनेको यौगिक नै पानी हो ।

हाडजस्तो कठोर अंगमा २२ प्रतिशत, दाँतमा १० प्रतिशत, छालामा २० प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, मांसपेशीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत र सम्पूर्ण शरीरमा लगभग ७० प्रतिशत पानीको मात्रा छ । विभिन्न जैव-रासायनिक तथा उपापचयी क्रियाहरूलाई चाहिने जलीय माध्यम उपलब्ध गराउनेदेखि यस्ता क्रियाहरूमा आफैं पनि संलग्न हुने, विभिन्न तत्वको परिवहन गर्ने र गराउने, रक्तचाप तथा शरीरको तापक्रम नियन्त्रण गर्ने, विषाक्त पदार्थहरूको निष्काशनमा सहयोग पुर्‍याउने काम पनि पानीले नै गर्छ ।

एउटा वयष्क पुरुषको शरीरमा ५५ देखि ७० प्रतिशत र महिलाको शरीरमा ४५ देखि ६० प्रतिशत पानी हुन्छ । शरीरमा रहने पानीको दुई तिहाइ हिस्सा कोषहरूभित्र हुन्छ भने एक तिहाइ हिस्सा रगत र कोषहरूको वरिपरिको खाली ठाउँमा रहन्छ । शरीरमा पानीको सन्तुलन बनाइरहनका लागि लगभग दैनिक तीनदेखि पाँच लिटर पानीको आवश्यकता पर्छ । जसमध्ये सात सय मिलिलिटर (मिलि) पानी खानाको माध्यम भएर प्रवेश गर्छ भने तीन सय मिलि पानी शरीरभित्रै उत्पन्न हुने गर्छ । बाँकी हिस्सा भने पानी पिएर नै पूरा गर्नुपर्छ ।
यसैगरी शरीरबाट हरेक दिन ४५० मिलि पानी छालाबाट उडेर, चर सय मिलि पानी श्वाससँगै घुलेर, १५० मिलि पानी दिसास“ग मिसिएर र बा“की पानी पिसाबका रूपमा बाहिर जान्छ ।

पानीको ‘एक्सपायरी डेट’ !
के पानीको ‘एक्सपायरी डेट’ हुन्छ ? । यो सत्य हो कि बोतलको पानी एक्सपायरी डेटसँगै बजारमा आउने गर्दछ । तर, कहिल्यै आफैंमा खराब नहुने मान्यता छ । अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनका अनुसार पानीको एक्सपायरी डेट हुँदैन । तर, प्लास्टिक एक समयपछि बोतलबन्द पानीमा घुल्दै जान्छ । यस्तोमा पानीको स्वाद खराब हुन्छ र गन्ध आउन थाल्छ ।

सत्य के हो भने प्लास्टिकको पानीको बोतल सिंगल युजका लागि बनाइएको हो । तर, हामी धेरैले यसलाई बारम्बार प्रयोगमा ल्याउँछौं । यसले गर्दा बोतलबाट रसायनको श्राव हुने गर्दछ । यी रसायनबाट बच्नका लागि सल्लाह दिने गरिन्छ कि कहिल्यै पनि डिस्पोजेबल बोतललाई फेरि प्रयोग नगरौं ।

कति पानी पिउने ?
पानीको मात्राको निर्धारण व्यक्तिको कार्यप्रकृति र मौसममा निर्भर गर्छ । सामान्य काम गर्ने मान्छेले दैनिक तीनदेखि चार लिटर पिउन जरुरी छ । अतिरिक्त श्रम तथा व्यायाम गर्नेहरूले हरेक एक सय क्यालोरीको दहनका लागि एक सय मिलि अतिरिक्त पानी पिउन जरुरी छ ।
सामान्यतया पुरुषभन्दा महिलाको शरीरमा ज्यादा बोसो हुने हुँदा महिलाले ज्यादा पानी पिउन जरुरी छ । सन्तान उत्पादन गर्ने उमेर समूहका, गर्भिणी, बच्चालाई दूध चुसाइरहेका महिलालाई झन् धेरै पानी पिउन आवश्यक छ ।

कसरी पिउने पानी ?
तीर्खा लाग्नु भनेको शरीरमा पानी अभाव भएको सूचना हुनु हो । त्यसैले तीर्खा लाग्नुभन्दा पहिले नै पानी पिउने बानी बसालौं । एकै पटक धेरै पानी पिउनु स्वास्थ्यका लागि राम्रो होइन । बिहान उठ्नेबित्तिकै लगभग १२ सय मिलिजति पानी पिउनु स्वस्थकर हुन्छ । यसो गर्दा रातभर सुत्दा हुन सक्ने डिहाइड्रेसन (निर्जलता) कम गर्न सहयोग गर्ने चिकित्सिकको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?