सिटी एक्सप्रेस र एसबिआइबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । नेपाल एसबिआई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । एक कार्यक्रमबीच सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबिआईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देवले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार नेपाल एसबिआई बैंकको रेमिट्यान्स प्रणालीबाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५ हजारभन्दा बढी सहायक प्रतिनिधिमार्फत् भुक्तानी हुनेछ । त्यस्तै सिटी एक्सप्रेसमार्फत् आएको रेमिट्यान्स नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखाबाट भुक्तानी हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?