मिस नेपाल नर्थ अमेरिका २०२३ को ताज जुबली शेर्पालाई

हिमालय टाइम्स
Read Time = 2 mins

न्यूयोर्क । मिस नेपाल नर्थ अमेरिका २०२३ को ताज जुबली शेर्पाले पहिरिन सफल हुनुभएको छ । अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगितामा आफ्ना १७ प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले यो उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो ।

प्रतियोगिताको फस्ट रनरअप रजिला बास्तोला र सेकेण्ड रनरअप ईशा सुवेदीले हात पार्न सफल हुनुभयो । ड्रिम्स युनिभर्सले आयोजना गरेको यो प्रतियोगितामा अमेरिका र क्यानडामा रहेका नेपाली मुलका १८ जना प्रतिस्पर्धी सहभागी थिए ।

११ जनाको निर्णायक टिमले उत्कृष्ट पाँच हुँदै विजेता घोषणा गरिएको थियो । मिस नेपाल नर्थ अमेरिका २०२३ का विजेताले मिस नेपाल २४ प्रतियोगितामा सिधा प्रवेश पाउने छन् । प्रतियोगिताको निर्णायक मण्डलकी सदस्य तथा मिस नेपाल अमेरिकाका संस्थापक अध्यक्ष दिवाकर राजकर्णिकारले सो घोषणा गर्नुभएको हो । अमेरिकामा नेपाली कला ,सस्कृतिको प्रवद्र्धनका लागि सन् २०१८ देखि मिस नेपाल नर्थ अमेरिका आयोजना हुँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?