सशस्त्र प्रहरी बलको महानिरीक्षकमा राजु अर्याल नियुक्त

Read Time = 1 min

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा राजु अर्याललाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र एआईजी अर्याललाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवा अवधि आज (आइतबार) बाट पूरा हुँदै छ । उहाँ सोमबारबाट अवकाशमा जाँदै हुनुहुन्छ ।

केही दिनअघि मात्र एआईजीमा बढुवा भएका अर्याल आईजीपीका लागि एक्ला दाबेदार हुनुहुन्थ्यो । नवनियुक्त आईजीपी अर्यालले सोमबारदेखि कार्यभार सम्हाल्ने बताइएको छ।

अर्यालले गत वैशाख १४ गते एआईजीको दर्ज्यानी चिह्न पाइसक्नुभएको छ । २०५४ चैतमा सेवा प्रवेश गर्नुभएका अर्याल अहिलेकै कानुनी प्रावधान रहे २०८३ सम्म नेतृत्वमा रहनु हुनेछ । प्रहरी महानिरीक्षकको कार्यकाल चार वर्षको रहने व्यवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?